काठमाडौं । मलेसियामा रहेको सि.सि.बि. कम्पनीले पीत्तथैली (कलेजो)को समस्याबाट ग्रहसित एकजना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
काभ्रेको महाभारत गाउँपालिका—७ निवासी टेक बहादुर स्याङतानको श्रीमती ३८ वर्षीय सोम माया थिङ (स्याङतान)लाई १३ हजार ६ सय सहयोग गरेको हो ।


मलेसियामा रहेको शिखर योन्जनको विषेश समन्वयमा संकलित रकम ग्लोबल खबरका प्रकाशक अमृत योन्जनले बिरामीका श्रीमान टेक बहादुर स्याङतानलाई हस्तान्तरण गरेका हुन् ।
शिखर योन्जनको समन्वयमा शिखर योन्जनले आर.एम.१००, विजय धामीले आर.एम. ५०, रमेश सदाले आर.एम. ४५, रेमनत बोराले आर.एम. ३०,तारा माझीले आर.एम.३०, अनिल कुमार यादवले २०, पदम घर्तीले आर.एम. २०, कृष्ण कुमार साहले आर.एम. २०, दिपक कुमार साहले आर. एम.२०, राजु कुमार मंडलले आर. एम. २०, विवेक कुमार मंडलले आर.एम. २०, सन्तोष कुमार साहले आर.एम. र भरत मंडलले आर.एम. १० सहयोग गरेका छन् ।
२०८१ मंसिर ६ गते देखि ललितपुरस्थित पटान अस्पताल हुदै हाल बीर हस्पतालमा उपचार गराएका सोम मायाको आर्थिक अवस्था कमजोर भएकोले पीत्तथैली (कलेजा) अप्रेशन तथा नियमित उपचारमा समेत समस्या भएको छ । आर्थिक अवस्था निकै नाजुक भएका स्याङतानको परिवारले घरमा भएको पैसा र अन्य ठाउँबाट ऋण खोजेर भएपनि हाल सम्म उपचार गराइ रहेको थियो । उपचार र अपरेशनको लागि ठुलो रकम आवश्यक परेकोले आर्थिक समस्या खडा भएको छ ।
परिवारले मनकारी महानुभावहरुसँग सोम मायाको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको छ । सहयोगका लागि उनका श्रीमान टेक बहादुर स्याङतानको खाता नम्बर यहाँ उल्लेख छ । लक्ष्मी सन्राइज बैंक लिमिटेडको टेक बहादुर स्याङतानका नाममा ०९३०६१४२५९२०५००१ नम्बरको खाता रहेको छ । उक्त खातामा सहयोग गर्न सकिने छ । थप जनकारीको लागि टेक ब। स्याङतन ९श्रीमान० ९८६१४१०७३२ र प्रेम थिङ (भाई) ९७६१६२९५९६ सम्पर्क गर्न सक्नुहुने छ ।










