काठमाडौं । श्री बोलोचौक बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्यहरुको सुविधाको लागि १० लाख रूपैयाँ सम्मको विमा कार्यक्रम सुरू गरेकाे छ ।
शुक्रबार सहकारीकाे तेस्रो स्थापना दिवसको सु-अवसरमा आफ्ना सदस्यहरुको सुविधाको लागि १० लाख रूपैयाँ सम्मको बिमा कार्यक्रम गार्डियन माइक्रो लाइफ इन्स्योरेन्ससँग सहकार्य गरी म्यादी लघुजिवन बिमा सुरू गरिएको सहकारीका अध्यक्ष डाक्टर धर्मेन्द्र कुमार शाहले जानकारी दिनुभयाे ।

विमा योजनाको लाभ लिन चाहानु हुने सम्पूर्ण सदस्यहरुले संस्थामा सम्पर्क गरी विमा कार्ड बनाई विमा कार्यक्रमको लाभ लिन सहकारीका अध्यक्ष डा.शाह र सचिव जुनु कुमारी ताजपुरियाद्वारा जारी सुचनामा उल्लेख छ ।

पछिल्लो समय कारोबार बृद्धि र लोकप्रियता बढ्न थाले पछि आसपासका व्यक्तिहरु संस्थाप्रति आकर्षित हुन थालेका छन् ।

सदस्यहरुको आर्थिक उत्थान, नेतृत्व विकास, सीपमूलक, आयमूलक कार्यक्रम आगडि बढाउने उद्देश्यका साथ सहकारीले लघु वित्त कार्यक्रम(महिला विकास),अवलोकन अध्ययन भ्रमण, विभिन्न आयमुलक, सीपमूलक, स्वास्थ्य, नेतृत्व विकासआदि तालिम कार्यक्रम संचालन गर्दै आएको छ ।

यस्तो छ विमाकाे किसिम :
१. दुर्घटनाको कारण पूर्ण रुपमा अशक्त तथा अंगभंगको करार सुविधा ।बीमालेख चालु रहेको अवस्थामा दुर्घटनाको कारणबाट दुर्घटना भएको ६ महिना भित्र पूर्ण वा आंशिक स्थायी अशक्तता भएमा निम्न बमोजिम बीमितलाई क्षतिपुर्ती प्रदान गरिने छ।– दुई वटा हात/खुट्टा गुमेको अवस्थामा : बीमाङ रकमको १००%-दुई वटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको १००%-एउटा हात वा एउटा खुट्टा र एउटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको १००%– एउटा हात र एउटा खुट्टा गुमेको अवस्थामा बीमाङ्ग रकमको १००%-एउटा हात वा खुट्टा गुमेको अवस्थामा : बीमाङ रकमको ५०%– दुवै कानको श्रवण शक्ति पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा : बीमाङ्ग रकमको ५०%– एउटा आँखाको ज्योती पूर्ण रुपमा निको नहुने गरी गुमेको अवस्थामा बीमाङ्ग रकमको ५०%
२. किरिया खर्च बापतको सुविधा :बीमालेख चालु रहेको अवस्थामा, जुनसुकै कारणले बीमितको मृत्यु भएमा बीमाङ्ग रकमको ३०% वा रु.२५,०००/- मध्ये जुन कम हुन आउँछ उक्त रकम किरिया खर्च वापत मृत्यु दाबी गरेको खण्डमा तुरुन्त दिइनेछ र सोको सोध भर्ना बीमा रकम दावी गर्दाको बखत गरिने छ।
३.सर्पले टाेकेकाे अवस्थामा ५ हजार सुविधा पाईने ।
४. मृत्यु भएको अवस्थामा हक वालाले विमाङ्क रकम बराबरको रकम पाउने

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय