काभ्रे । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार काभ्रेको महाभारत गाउँपालिकामा वडा अधिवेशन सम्पन्न भएको छ। वडा अधिवेशनबाट गाउँपालिकाका ८ वडामध्ये ७ वडामा सभापति निर्वाचित भएका छन्।

महाभारत गाउँपालिका सभापति सागर मोक्तानका अनुसार वडा नं. १ मा तारा बहादुर राना, वडा नं. ३ मा प्रकाश थिङ, वडा नं. ४ मा महाराज बोम्जन, वडा नं. ५ मा गणेश थिङ, वडा नं. ६ मा टेकध्वज वाईवा, वडा नं. ७ मा मिलन मोक्तान र वडा नं. ८ मा धिरज मोक्तान वडा सभापतिमा निर्वाचित भएका हुन्।

वडा नं. २ मा भने वडा सभापति चयन हुन बाँकी रहेको सभापति मोक्तानले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय