काठमाडौँ । फुटबल खेलमा प्रतिस्पर्धीसँग मिलेमतो (म्याच फिक्सिङ) गर्ने दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको जाहेरीबमोजिम अनुसन्धानका क्रममा उनीहरू पक्राउ परेको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका, वडा ३ पुल्चोक, घर भई अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष पदमा कार्यरत ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेल घर भएका एन्फाका लेखा अधिकृत ५५ वर्षीय सञ्जीव पाण्डे हुन् ।

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी परिसर ललितपुरबाट चार दिनको म्याद थप भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय