काभ्रेपलाञ्चोक । शुभ दीपावली तथा तिहार–२०८३ को अवसरमा डाँडापारी युवा मञ्च नेपाल, महाभारत गाउँपालिका–५, चाउढिकको आयोजनामा सञ्चालन गरिएको मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतियोगितामा आठवटा टिमको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक खेलमा आयोजक डाँडापारी युवा मञ्च नेपाल ‘ए’ प्रथम हुन सफल भएको छ। त्यस्तै, चौडिक युथ क्लब ‘ए’ दोस्रो, पानस युवा क्लब महाभारत–४, कोल्टार तेस्रो र नमुना युवा क्लब महाभारत–४, राघेभञ्ज्याङ चौथो भएका छन्।

प्रतियोगिताको उद्घाटन महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’को प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा गाउँपालिका वडा नं. ४ का अध्यक्ष विशाल मोक्तान लामा, वडा नं. ५ का अध्यक्ष विजय राना, स्थानीय नेता विजय मोक्तान, संगम मोक्तानलगायत स्थानीय जनप्रतिनिधि, नेता, खेलाडी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने सम्पूर्ण सहभागी टिम, रेफ्री, सुरक्षाकर्मी, पत्रकार, खेलप्रेमी दर्शक, अतिथिगण, चन्दादाता तथा आयोजक टिमका सम्पूर्ण सदस्यप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ।

आयोजकले प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो स्थान हासिल गर्ने सबै टिमलाई बधाई दिँदै आगामी दिनमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिने विश्वास व्यक्त गरेको छ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय