मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उपाधिसँगै उनले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गरे ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराउँदै उपाधि हात पारेका हुन्। नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नं प्रदेशमा पहिलोपटक आयोजना गरिएको हो ।

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जितेका छन् । उनले उपाधिसहित नगद रु एक लाख प्राप्त गर्नुभएको छ । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन्। ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्तरूपमा विजेता बनेका छन् । उपाधिसहित दुवैले रु ७५ हजार प्राप्त गरेको आयोजक कमिटीले जनाएको छ । उनीहरुले स्पाइडरम्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । उनले बाकालाई हराउँदै उपाधिसहित रु ९५ हजार प्राप्त गरेका छन्। महिला म्याचको विजेता आकृति बनिन् । उनले रु ७० हजार जितेकी छिन् । आकृतिले तनुलाई हराएकी थिईन। लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेतासँगै रु ६० हजार प्राप्त गरेकी छिन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय