काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा लगातार जित निकाल्ने क्रममा ओन्टारोयो क्रिकेट क्लबलाई ५५ रनले पराजित गरेको छ । आइतबार राति क्यानडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध नेपालले टी–२० खेल खेलेको हो । २१० रनको लक्ष्य पछ्याएको ओन्टारियो १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

ओन्टारियोका भरुण सेहदेबले ५० रन बनाए । यस्तै, कप्तान नरेश बुढाऐरले ४१ रनको योगदान गरे । नेपालका सोमपाल कामीले २ तथा करण केसी, आदील आलम र किशोर महतोले समान विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २०९ रनको विशाल योगफल बनायो । नेपालका रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । आक्रामक ब्याटिङ गरेका रोहितले ३१ बलमा अविजित ७१ रन बनाए । दीपेन्द्रले २७ बलमा ५४ रन जोडे ।

यस्तै, पवन सर्राफले ३७, देव खनालले २०, आदील आलमले १० रन बनाए । ओन्टारियोका रेमण्ड, भरुण सेहदेब र किनान टिन्टोले समान १ विकेट लिए ।

क्यानडासँगको सिरिज अघि नेपालले अभ्यास खेल खेलेको हो । अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय