काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक प्रतिनिधि मंडलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् ।

भेटघाट मंगलबार प्रचण्ड निवास खुमलटारमा भएको एनआरएनएले जनाएको छ। प्रतिनिधि मंडलका पदाधिकारीहरुले सरकारले प्रतिनिधिसभामा पेश गर्न लागेको नागरिकता विधेयकबारे छलफल गरेका थिए ।

उक्त अवसरमा संघका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष डा। बद्रि केसी, संस्थापक अध्यक्ष डा। उपेन्द्र महतो लगायतका पदाधिकारीहरुले यो विधेयक ल्याउनको लागि सहयोग गरेकोमा पार्टीका अध्यक्ष लगायत नेकपा माओवादी केन्द्रप्रति हार्दिक धन्यवाद प्रकट गरेका थिए । उक्त विधेयक अन्तिम चरणमा आइसकेकोले यसलाई पारित गराई विश्वमा रहेका सबै गैरआवासीय नेपालीहरुको भावनालाई संबोधन गर्न उनीहरुको आग्रह छ।

जवाफमा अध्यक्ष प्रचण्डले संविधानमा गैरआवासीय नेपाली नागरिकताको लागि जुन व्यस्था गरिएको छ त्यही अनुरुप विधेयक आउने जानकारी गराएका थिए । यसमा आफ्नो र पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताए।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, संघको तर्फबाट उपाध्यक्ष महेश कुमार श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, युरोप क्षेत्रका युवा संयोजक रमेश काफ्ले, पूर्व आइसिसि सदस्य पशुपति भण्डारी लगायतका प्रतिनिधिहरु, गैरआवासीय नेपाली नागरिकता सम्बन्धी फोकल पर्सन सरोज दाहाल र सचिवालयका अधिकृत कुनाल मिश्राको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय