काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ दुबी निवासी २४ वर्षीय हरि कुमार भोलन मुटु रोगको गम्भीर समस्याबाट पीडित भएका छन्। विगत सात महिनादेखि निरन्तर उपचार गराइरहेका भोलन हाल शहीद गंगालाल हृदयरोग केन्द्र मा उपचाररत छन्।
आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उनको उपचारमा ठूलो समस्या परेको परिवारले जनाएको छ। हालसम्म उपचारमा तीन लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने थप उपचारका लागि लाखौँ रुपैयाँ आवश्यक पर्ने अवस्था रहेको छ।


भोलनका दाजु राज कुमार भोलनका अनुसार सानो उमेरमै गम्भीर रोग लाग्दा परिवार गहिरो आर्थिक संकटमा परेको छ। बिरामी भोलनका एक छोरा र एक छोरी रहेका छन्, जसले परिवारको पीडालाई झन् संवेदनशील बनाएको छ।
परिवारले विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था, बुद्धिजीवी तथा समाजसेवीहरूसँग सहयोगको अपिल गरेका छन्। सबै सहयोगी मनहरूलाई मानवीय सहयोगका लागि अगाडि आउन आग्रह गरिएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूले राज कुमार भोलनको इसेवा नम्बर ९७६९४४४१६५ मा रकम पठाउन वा ९७६७५४२०५७ मा सम्पर्क गर्न सक्नुहुनेछ। साथै थप जानकारीका लागि ग्लोबल खबरको टिमसँग पनि सम्पर्क गर्न सकिन्छ।

- QR










