काठमाडौँ । नेपालगञ्जबाट काठमाडौँ उडेको श्री एयरलाइन्सको विमान नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

उडेको केहीबेरमा विमानको शौचालयमा धुँवा उडेको इन्डिकेटरले देखाएपछि १० किलोमिटर पर पुगेको विमान नेपालगञ्ज मै आकस्मिक अवतरण गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।

जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रु थिए । जहाजमा भएका सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय