काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लाको महाभारत गाउँपालिका वडा नं. ६ मगरगाउँ निवासी तथा वडा नं. ६ का वडा अध्यक्ष एवं नेकपा नेता रमेश कुमार लुङ्गेलीकी धर्मपत्नी स्वर्गीय भगवती लुङ्गेलीप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
पुण्यतिथिको अवसरमा विभिन्न व्यक्तिहरू महाभारत गाउँपालिका–६ मगरगाउँस्थित निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्।


कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा पूर्व ऊर्जा राज्यमन्त्री सुर्यमान दोङ, पूर्व माननीय गंगा बहादुर दोङ (बमध्वज), नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा महाभारत गाउँपालिका इन्चार्ज सुजन लामा, बागमती प्रदेश सदस्य तथा निर्वाचित गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), प्रदेश सदस्य कान्छामान जिम्बा(रोहित), कान्छाराम तामाङ तथा काभ्रे जिल्ला समन्वय समिति संयोजक भोला अर्यालको उपस्थिति रहेको थियो।
त्यस्तै, नेकपा जिल्ला समन्वय समितिका सदस्यहरू, गाउँपालिका कमिटीका पदाधिकारी तथा सदस्यहरू, विभिन्न वडाका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, सुरक्षाकर्मी, ग्लोबल खबर, विभिन्न विद्यालयका शिक्षक, स्वास्थ्यकर्मीहरू लगायत विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, शुभेच्छुक, आफन्त तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सो अवसरमा उपस्थित व्यक्तिहरूले स्वर्गीय लुङ्गेलीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका थिए।
स्वर्गीय भगवती लुङ्गेलीको ४९ वर्षको उमेरमा गत बैशाख २ गते निधन भएको थियो।










