बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित गोसाइँकुण्डमा जनैपूर्णिमाको दिन लाग्ने मेलामा भक्तजनको भिडलाई ध्यान दिंदै कोरोना फैलिन नपाओस् भन्ने हेतुले नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) काभ्रेले माक्स वितरण गरिएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २३ औं स्थापना दिवसको अवसरमा फोनिज काभ्रेले मेलाका श्रदालु भक्तजानहरुलाई ठुलो मास्क ५०० र सानो मास्क २०० गरि जम्मा ७०० मास्क बितरण वितरण गरेको छ ।

मेलामा रक्षाबन्धन गर्ने भक्तजन र तागाधारीले जनै फेर्न साथै धामीझाँक्रीको भीड लागेको हो ।वर्षौंदेखि जैनपूर्णिमाका दिन मेला लाग्दै आएको सो स्थानमा भगवान् शिवले एकरात बिताएको र त्यहाँ गएर दर्शन तथा पूजाआजा गर्नाले मोक्ष प्राप्त हुने धार्मिक जनविश्वास रहिआएको छ ।

उक्त माक्स वितरण कार्यक्रममा फोनिज काभ्रेको अध्यक्ष इन्द्र बहादुर थापा, उप-अध्यक्ष कजाल तामाङ र सचिब सुरज श्रेष्ठ ,प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ, फोटो पत्रकार संघ काभ्रेका अध्यक्ष केशवराज पौडेल, नेपाल पत्रकार महासंघ काभ्रेका सदस्य सुकदेव थपलिया, प्रेस सेन्टर बेथानचोकका अध्यक्ष जीवन तामाङ, फोनिज काभ्रेका सदस्यहरू कपिल दनुवार र डिबि लामा लगायतको उपस्थिति रहेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय