♦ जीवन तामाङ
काभ्रे  । आगामी असोज महिनामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रदेश स्तरीय छनोटका लागि काभ्रेबाट १२२ खेलाडी छानिएका छन् । काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर वाईबाले विभिन्न खेलका १२२ जना खेलाडी प्रदेश प्रतियोगिताको लागि छानिएको जानकारी दिए ।

समितिका अध्यक्ष वाईबाले काभ्रेबाट प्रदेशस्तरीय प्रतियोगिताको १६ विधाका खेलका लागि ती खेलाडी छनोट भएको बताए । बागमती प्रदेश स्तरीय प्रतियोगिताबाट समेत छनोट भएको खेलाडी गण्डकी प्रदेशमा हुने लागेको नवौँ राष्ट्रिय प्रतियोगितामा सहभागी हुनेछन् ।

समितिका अध्यक्ष वाईबाले १२२ मध्ये ४५ महिला र ७७ पुरुष खेलाडी छनोट भएका जानकारी दिए । जसमा १९ जना बागमती प्रदेशले यसअघि नै आयोगना गरेको प्रथम प्रदेश खेलकुद प्रतियोगिताबाट छनोट गरिसकेका छन् । जिल्ला भएको प्रतियोगिताबाट ९९ जना छनोट गरिएको छ । त्यस्तै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी भइसकेका कराँतेतर्फका सुनिता भोलन, सोनिया मोक्तान, मिना भोलन र सोनाम लामा गरि का ४ जनालाई भने सिधै प्रदेशमा छ्नोट गरिएको छ । यसअघि राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेको उनीहरुलाई जिल्लामा छुटे पनि प्रदेश छनोटमा खेल्न पाउने व्यवस्था अनुसार छनोट गरिएको हो ।

यसअघि मकवानपुरको पिप्ले रंगशालाबाट सुरु भइ काभ्रेको धुलिखेलमा सम्पन्न प्रथम प्रदेश खेलकुद प्रतियोगिताबाटै फुटबल, भलिबल, क्रिकेट, एथलेटिक्स, आइटिएफ तेक्वान्दो र कराँतेको खेलाडी छनोट गरिसकेकाले काभ्रे जिल्ला खेलकुद विकास समितिले फूलकन्ट्याक्ट कराँते, टेबलटेनिस, कबड्डी, ब्याडमिन्टन, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, शारीरिक सुगठन लगायत खेलबाट खेलाडी छनोट गरिएको थियो । जिल्लास्थित् छनोट खेलमा करिब ५ सय खेलाडी सहभागी भएका थिए ।

प्रदेश स्तरीय छनोट प्रतियोगिताको लागि काभ्रेबाट कराँतेतर्फ ३ महिला १ पुरुष गरि ४ जान, स्क्वासतर्फ १ महिला ४ पुरुष गरी ५ जना, रग्वीतर्फ १ पुरुष, भलिबलतर्फ १ महिला १ गरि २ जान, फुटबलतर्फ १ महिला ३ पुरुष गरि ४ जना, क्रीकेटतर्फ २ पुरुष, शारीरिक सुगठनतर्फ १ महिला छनोट गरिएको छ ।

त्यस्तै कबड्डीतर्फ छात्र १२ छात्रा १२ गरि २४ जना, बास्केटबल ९५८५० तर्फ छात्र १२ जना, बास्केटबलकै ९३८३० तर्फ छात्र ४ छात्रा ४ गरि ८ जना, बुद्धिचालतर्फ छात्र ३ छात्रा १ गरि ४ जना, टेबुलटेनिसतर्फ छात्र ५ छात्रा ३ गरि ८ जना, ब्याटमिण्टनतर्फ छात्र ४ जना, इटिएफ तेक्वान्दोतर्फ छात्र ११ छात्रा ८ गरि १९ जना, उसुतर्फ छात्र ५ छात्रा ४ गरि ९ जना, जुडोतर्फ छात्र २ छात्रा १ गरि ३ जना र फुलकन्ट्याक्ट कराँतेतर्फ छात्र ७ छात्रा ५ गरि १२ जना प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन् ।

काभ्रे जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बलराम शर्माले काभ्रेमा छनोट खेलमध्ये टेबुलटेनिस, उसु र जुडोतर्फ जिल्लालाई तोकिएको कोटा अनुसार खेलाडी नपुगिएको बताए । कार्यालय प्रमुख शर्माका अनुसार काभ्रेलाई तोकिएको कोटामध्ये टेबुलटेनिसतर्फ छात्रा २ जना, उसुतर्फ छात्र ११ छात्रा १० जना अपुग भएको छ । उनले उसुको लागि काभ्रेलाई छात्र १६ र छात्रा १४ गरि ३० जनाको कोटा तोकिएकोमा ९ जना मात्रै छनोट भएको बताए ।

त्यस्तै उनले जुडोतर्फ काभ्रेबाट छात्र र छात्रा ९र९ गरि १८ जना माग गरिएकोमा छात्र ७ छात्रा ८ गरि १५ जना अपुग भएको बताए । ती कोटामा खेलाडी छनोट प्रक्रियामा मापदण्डअनुसार नपरेकाले पर्न छनोट हुन नसकेको बताए ।

प्रतियोगिताका लागि काभ्रेबाट २२ जना अफिसियल सहभागी हुने काभ्रे जिल्ला खेलकुद विकास समितिले जनाएको छ । काभ्रेले कराँतेका ४ जना अन्तराष्ट्रिय प्रतियोगिता समेत खेलिसकेको खेलाडी रहेकोले कराँते, तेक्वान्दो, बक्सिङलगायतका खेलमा खेलाडीले राष्ट्रियस्तरमै पदक दिलाउने आशा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय