काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ दुप्चेश्वर गाउँपालिका वडा नं.३ वडा कार्यसमितिको प्रथम अधिवेशन सम्पन्न भएको छ ।

बुधबार नुवाकोटस्थीत राउतबेसीमा सम्पन्न अधिवेशनबाट डिल्ली बहादुर मोक्तानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । अधिवेशनले सचिवमा रेखा थापा , कोषाध्यक्षमा इन्द्र बहादुर तामाङ चयन गरेको छ । यसैगरी, सदस्यहरुमा बिक्रम मोक्तान , दिपा थापा , सोम बहादुर तामाङ , रोशना थापा , समीप के.सी , निशान तिमल्सिना रहेका छन् । साथै सल्लाहकारहरुमा देवराज तामाङ र रविन्द्र केसी चयन भएको छ ।

संघको हितको निमित्त सम्पुर्ण पक्षबाट साथ सहयोग गर्ने प्रमुख अतिथि मछिन्द्र केसीले बताएका छन् । संघको दुप्चेश्वर गाउँपालिका अध्यक्ष जय बहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघको जिल्ला सचिव करण तामाङ, जिल्लाका सल्लाहकार बिकी लो लामा, पालिका वरिष्ठ उपाध्यक्ष पुजा तामाङ , कोषाध्यक्ष फुलमाया तामाङ , अस्मि तामाङ , सुशिला तामाङ , नीर मोक्तान , विनोद लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय