काठमाडौं । पछिल्लो समय नेपाली गीत संगीतले विश्व बजारमा अत्यन्तै राम्रो चर्चा पाइरहेको छ। संगीतका क्षेत्रमा अत्यन्तै धेरै र उत्कृष्ट म्युजिक भिडियोहरुको निर्माण हुने गरेको छन् । यसैबिच, मौलिक लोक दोहोरी गीतहरु पनि उत्तिकै मात्रामा सार्वजनिक भएको देखिन्छ ।

केही समय देखि निरन्तर निकै संघर्ष मेहनत तन मन जीवन गीत संगीतलाई दिएर सक्रिय भएर अगाडी आएका बहुप्रतीको धनी सर्जक दुर्गा बिरही र उनकी श्रीमती दुर्पती सुनारको सृजनामा मायाको अमृत पिउन देउ सार्वजनिक भएको छ।

सुन्दा निकै आनन्द आउने उस्तै लय उस्तै शब्दहरु बनेको गीतमा दुर्गा सेन्चुरी र सपना गाहा मगरको सुमधुर आवाज रहेको छ भने अमर लाम्बा ओली र चर्चित मोडेल सन्चिता बोलाखेको अभिनय रहेको छ। केशव अधिकारीले छाँयाकन गरेको भिडियोलाई सम्पादन ओम प्रसाईं र शिबन पोख्रेलले निर्देशन गरेका छन् । भिडियो आत्मा विश्वास फिल्मस् प्रा.लि. को युट्युबमार्फत सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय