काठमाडाैँ । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलका खेल आजबाट शुरु हुँदैछन् ।

कतार विश्वकपको पहिलो सेमिफाइनलमा आज राति अर्जेन्टिना र क्रोएसियाबीच प्रतिष्पर्धा हुन लागेको हो । अर्जेन्टिना र क्रोएसियाबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रँदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेसीको कप्तानीमा हुनेछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिष्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय