काठमाडौँ । एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म जिल्ला सदस्य बनेका छन् ।
धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसादअधिकारी, यज्ञप्रकाश चापागाईं जिल्ला सदस्य चयन भएका छन् ।
सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका वेला धनकुटामा एमालेले ठूलो संख्यामा शिक्षकलाई जिल्ला सदस्य बनाएको हो ।
पत्रकार महासंघका पदाधिकारी तथा राजनीतिक दलमा आबद्ध भएको विषयमा आलोचना भइरहेका वेला देशकै सरकारी समाचार संस्था राससका महाप्रबन्धक एमालेको धनकुटाका जिल्ला सदस्य बनेका हुन् ।
यस्तै पत्रकार मानवी तामाङ पनि एमालेको जिल्ला सदस्य बनेकी छन । राई, मोक्तान र रविन कट्टेल प्रेस चौतारी धनकुटाका तर्फबाट एमाले अधिवेशनका लागि प्रतिनिधि बनेका थिए ।
राई राससको महाप्रबन्धकमा बहाली रहेकै वेला एमालेको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् ।
थाहाखबर