काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोपको आधा जनसंख्या ओमिक्रोनको चपेटामा पर्न सक्ने चेतावनी दिएको छ । आगामी ६ देखि ८ हप्तामा आधा युरोप ओमिक्रोन भेरियन्टबाट सङ्क्रमित भइसक्ने डब्ल्युएचओले प्रक्षेपण गरेको हो ।

डब्ल्युएचओका बरिष्ठ चिकित्सक डा हान्स क्लुगले डेल्टा भेरियन्टसँगै पश्चिमबाट पूर्वतर्फ ओमिक्रोन पुरै फैलिसकेको भन्दै निकट भविष्यमा आधा युरोप प्रभावित हुने दाबी गरेका हुन् ।

सन् २०२२ को पहिलो हप्तामा युरोपमा ७० लाख नयाँ सङ्क्रमित थपिएको आधारले यो प्रक्षेपण गरिएको उनको भनाइ छ ।

डा. क्लुगेले पत्रकार सम्मेलन गरी सन् २०२१ मा विश्वका कैयौं राष्ट्रहरुले डेल्टा भेरिएन्ट नियन्त्रणका लागि गरेको अथक प्रयासले नियन्त्रण सफल भएपनि ओमिक्रोन महामारी नियन्त्रणका लागि चुनौती थपिएको बताए ।

दुई हप्ताको अन्तरमा सङ्क्रमितको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । डा. क्लुगका अनुसार सियाटलमा आधारित इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसनले युरोपका ५० प्रतिशत जनसङ्ख्या आगामी ६ देखि ८ हप्तामा ओमिक्रोनबाट सङ्क्रमित हुने पूर्वानुमान गरेको छ ।

पछिल्ला अध्ययनले ओमिक्रोनले मानिसहरूलाई गम्भीर बिरामी बनाउने सम्भावना काम रहे पनि यसअघिका भेरियन्टभन्दा यो निकै सङ्क्रामक रहेको पाइएको छ ।

पूर्ण मात्रामा खोप लगाएका व्यक्ति समेत ओमिक्रोनको शिकार हुने भन्दै डब्ल्युएचओले कत्ति पनि लापरवाही नगर्न सबैलाई अनुरोध पनि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय