काठमाडौं । गीतकार पाल्साङ लोप्चनको शब्द रहेको ’चोखो माया पिरिम’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
शुक्रबार तिलक बस्नेतको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा स्वर नेपाल आईडलबाट आएका प्रताप दास र मैया खड्का रहेको छ । संगित तिलक बस्नेतको छ भने एरेन्ज सुदिप सागरको रहेको छ।


माया प्रेममा आधारित उक्त गीतको भिडियोलाई सुबोल थापाले निर्देशन गरेका छन्। गीतमा ओवी राईमाझी र सरिका के.सिको अभिनय देख्न सकिन्छ।
गीतकार लोप्चनको तामाङ गीत ओ मायाँ र पारईको आगनी सार्वजनिक भइसकेको छ भने अब अन्य गीतहरु पनि बजार ल्याउने तयारी रहेको बताए ।
(भिडियो)










