बेथानचोक, काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका-३ स्थित नारायणस्थानमा पनौतीका एक युवकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बेथानचोकको नारायाण स्थान घुम्नका लागि गएका पनौती नगरपालिका-६ सौरभ सापकोटा शनिबार मृत अवस्थामा फेला परेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले आफ्नै आफन्तसँग घुम्नका लागि बेथानचोक पुगेका सापकोटाको शव नारायण स्थानबाट १ सय मिटर तल फेला परेको जानकारी दिए ।

उनका अनुसार सापकोटा बिहानको २ बजेदेखि हराइरहेको र खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेका हुन् ।

उनले नेपाल प्रहरी र नेपाली सेनको टोलीले उक्त शवको उद्दार गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको बताए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय