काठमाडौं । ग्लोबल खबर नेपाल मिडिया प्रा.लि. द्धारा संचालति ( www.globalkhabars.com )ले भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराँते प्रतियोगितमा स्वर्ण विजेता खेलाडीलाई सम्मान गरेको छ। सोमबार ग्लोबल खबरको कार्यालय चाबहिलमा काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडा नं. २ कुपिन्टार निवासी राष्ट्रिय खेलाडी सागर मोक्तानलाई सम्मान गरेको हो ।

प्रतियोगितमा मोक्तानले जुनियर टिम काता तर्फबाट नेपाललाई स्वर्ण दिलाउन सफल भएका थिए । उनी सितो रिओ कराँते लुभु ललितपुर डोजो नेपालका खेलाडी थिए ।

खेलाडी मोक्तानलाई सम्मान सहित बधाई तथा शुभकामना दिंदै ग्लोबल खबरको संचालक मोतीलाल मोक्तानले स्वर्ण विजेता भएपछि देशको, काभे्र जिल्ला र महाभारत गाउँपालिकाको इज्जत, प्रतिष्ठ र शान बढाएको बताए । हौसला र प्रोत्साहनको लागि ग्लोबल खबरले मोक्तानलाई सम्मान गरेको प्रकाशक अमृत योन्जनले बताए । महाभारत गाउँपालिका जस्तो विकट ठाँउमा जन्मेर पनि राष्ट्रको नाम राख्न सफाल भएको गौरवान्वित भएको बताए ।

लिला मोक्तानले छोरालाई सम्मान गरेकोमा ग्लोबल खबर टिमलाई धन्यवाद व्यक्त गर्दै यहि मिति २०८१ साउन १७ गतेको दिन निकोसेरा पार्टी प्यालेस, मध्यपुर ठिमी सल्लाघारी भक्तपुरमा दिनको ठिक १ बजे सागर मोक्तानको जन्मोत्सव, बधाई तथा शुभकामना कार्यक्रम हुने भएकोले सबैमा उपस्थितिका लागि अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय