काठमाडौं । चाइना यूनान यू–२० वुमन्स टिमविरुद्धको मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली राष्ट्रिय यू–२० टोली घोषणा भएको छ ।

मंगलबार राष्ट्रिय यू–२० महिला टिमका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मैत्रीपूर्ण फुटबलको निम्ति २३ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् ।

चिनियाँ नयाँ वर्षको अवसरमा नेपालस्थित चिनियाँ दुतावास र राष्ट्रिय खेलकुद परिषदको समन्वयमा यो खेल हुन लागेको हो । खेल यही माघ १७ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

नेपाली टोली : अमिता भुल, अनिशा राई, अस्मिता गुरुङ, भावन परियार, बिर्सना चौधरी, गंगाा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लीला जोशी, मीना देउवा, सजिना स्याङ्तान, समीक्षा मगर, संगीता अधिकारी, सानिमामाया लो, सरिताकुमारी नाथ, सेमिहाङ लिम्बू, सिमरन राई, सुजाता तामाङ, पुनम चेमजोङ, पूर्णिमा राई र शुक्रिया मिया

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय