काठमाडौँ । खप्तड गोल्डकपमा बागमती युवा क्लबले न्युरोड टिम एनआरटी पराजित गर्दै विजय शुरुवात गरेका छन् । शुक्रबार युवा क्लब २–० ले पछि परेको अवस्थामा खेललाई पुनरगमन गरी निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिएको थियो । जहाँ एनआरटी ४(३ गोल अन्तरले पराजित भएको हो ।

धनगढी रंगशालामा भएको खेलमा बागमती युवा क्लबले २–० ले पछि परेको अवस्थामा खेलमा फर्किएको थियो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६८ औं मिनेटमा मेसौकेको क्रसमा स्टेफेनले डिबक्समा खाली रहेको अवस्थामा हेडमार्फत पहिलो गोल गरेका थिए।

खेलमा दबाव बनाएको एनआरटीले ७३ औं मिनेटमा पेनल्टीमार्फत अग्रता दोब्बर बनाएको थियो। दीपेश घलेलाई अभि लामाले फल गरेपछि पाएको पेनाल्टीलाई स्टेफेनले नै गोल गर्दै टिमलाई २–० को अवस्थामा पुर्‍याएका थिए । ८३ औं मिनेटमा बागमतीले गोल फर्काउन सफल भयो।

विजय घलानको क्रसमा विमल घिसिङले गोल गर्न सफल भए । ८६ औँ मिनेटमा बागमतीले बराबरी गोल फर्कायो । उसका लागि कप्तान विजय घलानले उत्कृष्ट गोल गरेका थिए ।

त्यसपछि ट्राइब्रेकरमा बागमतीका अमोल श्रेष्ठ, विजय घलान, इमान घलान, अनिल रानामगरले गोल गरे भने सुमन चाम्लिङ राईको प्रहार बारमा लागेर फर्कियो ।

एनआरटीका शिव गुरुङ, दीपेश घले, मेसुके ओलोमोउले गोल गरे भने विकको प्रहार पोष्ट बाहिर रह्यो भने सञ्जित विष्टको प्रहारलाई बागमतीका गोलरक्षकले बचाएका थिए ।

अब बागमतीले क्वाटरफाइनलमा लिग च्याम्पियन मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय