काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे जिल्ला समितिले जिल्लाका १३ वटै स्थानीय तहमा राष्ट्रिय जागरण अभियान सञ्चालनका लागि अभियान टोली गठन गरेको छ।
जिल्ला संयोजक भोला प्रसाद अर्यालको अध्यक्षतामा बसेको जिल्ला समितिको बैठकले स्थानीय तहअनुसार संयोजक तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको हो।


पार्टीले सार्वजनिक गरेको परिपत्रअनुसार चौँरीदेउराली गाउँपालिकामा मुकुन्द गौतम र रेणुका चौलागाईं, भुम्लु गाउँपालिकामा जिल्ला कार्यालय, तेमाल गाउँपालिकामा गंगाबहादुर दोङ, महाभारत गाउँपालिकामा काञ्छालाल जिम्बा, खानीखोला गाउँपालिकामा इन्द्रबहादुर थिङ, बेथानचोक गाउँपालिकामा शंकरध्वज लामा र विजय लामा तथा रोशी गाउँपालिकामा मिमबहादुर वाइवा र लाप्साङ पाख्रिनलाई संयोजनको जिम्मेवारी दिइएको छ।
त्यस्तै, पनौती नगरपालिकामा बसुन्धरा हुमागाईं, बनेपा नगरपालिकामा रघुवर चौ प्रधान, धुलिखेल नगरपालिकामा कृष्ण अधिकारी, नमोबुद्ध नगरपालिकामा रामहरि खनाल र रामदेवी तामाङ, पाँचखाल नगरपालिकामा कृष्ण भण्डारी र शिवप्रसाद न्यौपाने तथा मण्डनदेउपुर नगरपालिकामा गोकुल गौतम र मीना चन्द ठकुरीलाई संयोजकको जिम्मेवारी तोकिएको छ।
अभियानलाई प्रभावकारी बनाउन विभिन्न स्थानीय तहमा केन्द्रीय सदस्यहरूलाई समेत जिम्मेवारी दिइएको छ। चौँरीदेउरालीमा दीपक गौतम, यशुकुमारी लामा, राजीव मोक्तान र पासाङडोल्मु लामा; तेमालमा होमकुमारी दोङ, रहर सिंह तामाङ, धनध्वज तामाङ र सुभेक्षा श्रेष्ठ; खानीखोलामा अनिता थिङलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ।
त्यसैगरी बनेपामा भैरव के.सी., सवर प्रजापति र ठाकुर तिमल्सिना; पाँचखालमा मारमेन तामाङ तथा मण्डनदेउपुरमा रामहरि नेपाल, शम्भु फुयाँल र दुर्गा सिंह तामाङलाई जिम्मेवारी तोकिएको परिपत्रमा उल्लेख छ।
अभियानअन्तर्गत जिल्ला, पालिका र वडा तहमा भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। पार्टी सदस्यता नवीकरण तथा विस्तार, जनवर्गीय संगठन परिचालन, युवा, विद्यार्थी, महिला, किसान र मजदुरलगायत विभिन्न क्षेत्रका नागरिकलाई संगठित रूपमा अभियानमा सहभागी गराउने योजना पनि पार्टीले बनाएको छ।
त्यसैगरी, मंसिर १५ देखि २५ गतेसम्म अभियानको समीक्षा, समस्या तथा कमजोरीको मूल्यांकन र आगामी राजनीतिक एवं संगठनात्मक कार्ययोजना निर्माणका लागि बैठक आयोजना गर्ने निर्णय गरिएको छ।
जिल्लामा अभियान व्यवस्थित रूपमा सञ्चालन गर्न संगठन, पार्टी स्कुल, प्रचार र आर्थिक विभागलगायत विभिन्न विभागसमेत गठन गरिएको छ।
जिल्ला संयोजक भोला प्रसाद अर्याल र जिल्ला इन्चार्ज टोकबहादुर वाइवाद्वारा जारी परिपत्रमा अभियानका निर्णयहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरिएको छ।









