काठमाडौं । अन्तर्राष्ट्रिय काँम्बैट स्पोट्स फेटिबल–२०२४ मा काभ्रेको महाभारत गाउँपालिकाका अनिल बलले स्वर्ण पदक जितेका छन् ।
भारतको मुम्बईमा यहि डिसेम्बर ६ देखि ८ तारिख सम्म भएको प्रतियोगिताको पुरुष १६ देखि १७ वर्ष उमेर समुहको कराँतेमा बलले स्वर्ण जितेका हुन् ।


अनिल सितो रिओ कराँते लुभु ललितपुर डोजोबाट नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी भएका हुन् । उनी ७ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा दोस्रो तथा ८ औं प्रतियोगितामा राष्ट्रिय टिमबाट हार व्यहोरेका थिए ।
अनिल काभ्रेको महाभारत गाउँपालिका वडा नं. २ अम्बलबासका टेक बहादुर बलको नाती रुप बहादुर बल र लकुमाया बलका छोरा हुन् । १७ बर्षका अविरल हाल लुभु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छन् ।
भारतको मुम्बईमा भएको अन्तर्राष्ट्रिय काँम्बैट स्पोटर््स फेटिबल–२०२४ मा पाँच देश भारत, नेपाल, वेल्जियम, मलेसिया र मोरिससिका खेलाडीहरको सहभागी रहेको थियो । नेपालबाट सहभागीले १ पदक, १७ स्वर्ण, ३ रजक र कास्य जित्न सफल भएका थिए ।










