काभ्रे । प्रत्येक वर्ष फागुन शुक्ल पुर्णिमा होली पर्व मनाइन्छ । यसैको अवरसमा आज घरका परिवारदेखि बजारका विभिन्न स्थानमा एकअर्कालाई अबिर लगाइ दिएर होली मनाइएका छन् ।
काभ्रेको बनेपा, धुलिखेल, पनौति लगायतका क्षेत्रमा युवायुवतीहरुको उल्लेख्य सहभागीता भई होली मनाइएका छन् । उनीहरुले एकअर्कालाई अबिर लगाइदिएर आत्मियता साटासाट गरिरहेका छन् ।
विगत दुई वर्षदेखि कोरोनाका कारण होली पर्व मनाउन नपाएका सुनाउने उनीहरुले यस वर्ष भने हर्षोउल्लासका साथ मनाएका छन् । होलीको अवसरमा विभिन्न संस्थाहरुले विशेष कार्यक्रममा आयोजना गरेका छन् ।
बनेपाका नेवार समुदायले युवाहरुले भने बाजागाँजा र नाचगान सहित होली मनाएका छन् । सकड आसपासमा व्यवसायीहरुले अबिर, रङ बिक्री गर्न राखेका छन् । होलीलाई सभ्य रुपमा मनाउनेसँगै कहीँ कतै लोला छ्याप्ने, अरुलाई पिचकारीले भिजाउने जस्ता विकृति निम्त्याउने कार्य पनि गरिएको पाइन्छ ।
सामाजिक सदभाव, हर्ष र रंगहरुको पर्व होलीलाई नेपालका पहाडी तथा तराईका विभिन्न जिल्लामा उत्साहका साथ दुई दिन मनाउने गरिन्छ । आज पहाडी र हिमाली जिल्लाहरुमा होली मनाइँदै छ भने भोलि तराईका जिल्लामा मनाइने छ । होलीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
तस्वीरः इकमान लामा