जनकपुरधाम । सिरहा कारागारमा कैदीहरूबीच झडप भएको छ । आइतबार दिउँसो साढे ३ बजेतिर भएको झडपमा १३ जना कैदीबन्दी घाइते भएका छन् ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आन्तरिक प्रशासनको नाइके तोक्नेबारेमा विवाद हुँदा झडप भएको हो ।


घाइतेहरूलाई प्रादेशिक अस्पताल सिराहामा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सहायक प्रजिअ बरालले बताए ।












