काभ्रेपलाञ्चोक । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) महाभारत गाउँपालिका कमिटीले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा सहभागी भई उत्रिर्ण हुन सफल विद्यार्थीलाई सम्मान गरेका छन् । शनिबार बनेपामा आयोजित कार्यक्रमबीच नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले महाभारतका विभिन्न विद्यालयबाट परिक्षामा सहभागी भई पास हुने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
महाभारत गाउँपालिकामा ८ वटा माध्यमिक विद्यालयका २ सय ५३ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा १ सय ५० जना विद्यार्थी ग्रेडिङ (उत्तीर्ण) भएका छन् । १ सय ०३ जना भने नन ग्रेडिङ भएका छन् । अखिल क्रान्तिकारीले गाउँपालिकाको ८ वटा विद्यालयका उतर्णिमध्ये ३ उत्कृष्ट विद्यार्थीहरु प्रथम, द्धितिय र तृतियलाई सम्मान गरिएको हो ।


जनमोहन माविबाट, प्रवल वाइबा, फुर्साङ थिङ लामा, दिपक बज्यु, धनमाया भोम्जन, ज्योति माविबाट आईत सिं मोक्तान, विष्णुमाया घलान, ब्ुर्गनमाया मोक्तान, कालीदेवी माविबाट विलाश बल, विजय वाइबा, लासाङ गोले, सिद्धेश्वर माविबाट देवकी राना मगर, विनितामाया घलान, सम्झनामाया थिङ, गोकुले माविबाट आश्मा योन्जन, सोनी दर्लामी, अनिता श्रेष्ठ, भैरव माविबाट, निर्मल जिम्बा, निकेश थिङ, सरस्वती मोक्तान, प्राविधिक धार बाली विज्ञान तर्फ यसोधा गोले, सुसिला गोले, गणेश श्रेष्ठ, जनकल्याण माविबाट सम्झना पिठाकोटे, आशिष दर्लामी, प्रकृती झारी, रोजीमाया वाइबा र ग्राम्मोन्नती माविबाट बिलमाया योन्जन, रुची स्याङ्बो र सन्जिता भोम्जनलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
साथै महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने निर्णय भएकोले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले विगत लामो समय देखि माग गर्दै आएको निःशुल्क शिक्षा हाल कार्यन्वयन गरिएको भन्दै गाउँपालिकालाई धन्यवाद पत्र प्रदान गरिएको थियो ।

अखिल क्रान्तिकारी महाभारत गाउँपालिका कमिटिका अध्यक्ष दोर्जे थिङको सभपतित्वमा भएको विद्यार्थी सम्मान कार्यक्रममा पुर्व मन्त्रि बागमती प्रदेश सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य रत्न ढकाल प्रमुख आतिथ्यता रहेको थियो । विषेश अतिथि माओवादी केन्द्र बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका इन्र्चाज सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) रहेको थियो ।

कार्यक्रममा माओवादी केन्द्र महाभारत गाउँपालिका अध्यक्ष मिन बहादुर वाइबा, उपाध्यक्षहरु, रविन मोक्तान, रजिन मगर, रमेश लुङ्गेली, अखिल क्रान्तिकारी बागमती प्रदेश सदस्य तथा महाभारत गाउँपालिका इन्र्चाज अमृत योन्जन, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विवस लामा सचिव सुवास जिम्बा, प्रेस सेन्टर काभ्रे जिल्ला कोषाध्यक्ष मोतीलाल मोक्तान, वाईसिएल महाभारत गाउँपालिका अध्यक्ष सन्चमान लो, निर्वाचित वडा नं. ४ का वडा अध्यक्ष विशाल मोक्तान, वडा नं . ५ का वडा अध्यक्ष विजय राना अखिल क्रान्तिकारी महाभारतका पदाधिकारी, सदस्यहरु लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागीत रहेको थियो ।




















