काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका वडा नं ५ ले भ्याली सम्पर्क मञ्च गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भक्तपुरमा संघीय सांसद सूर्यमान दोङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा २३ सदस्यीय कार्यसमिति गठन गरिएका छन्। नवनिर्वाचित समितिको अध्यक्षमा कृष्णबहादुर भोलन, उपाध्यक्षमा अर्जुन न्यौपाने र गीता अधिकारी, सचिवमा सूर्यबहादुर लोपचन, सह–सचिवमा कुबेर थिङ तथा कोषाध्यक्षमा सिर्जना फुयाल चयन भएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले नवगठित समितिलाई शुभकामना दिँदै सम्पर्क मञ्चहरू प्रवासी नागरिकहरूलाई एउटै सूत्रमा बाँध्ने महत्वपूर्ण माध्यम हुन्। भ्याली सम्पर्क मञ्चले सामाजिक एकता, सहयोग, र समन्वयमा प्रभावकारी भूमिका खेल्नेछ भन्ने विश्वास लिएको बताए । देश, समाज र पालिकाको विकासमा सम्पर्क मञ्चको भूमिका अब अझै सशक्त बनाउन सबैले सक्रिय भुमिका खेल्नुपर्छ।

उहाँले विशेष गरी काठमाडौं, ललितपुर ,भक्तपुर, बनेपा ,पनौती, धुलिखेल ,उपत्यकामा रहेका खानीखोला–५ का नागरिकलाई संगठित गर्दै साझा आवाज निर्माण गर्ने यस्तो मञ्च आवश्यक रहेको बताए ।

कार्यक्रमको उद्देश्य खानीखोला बाहिर बसोबास गर्ने खानीखोला–५ का बासिन्दाहरूलाई एकताको सूत्रमा बाँध्नु, साझा हितका मुद्दाहरूमा छलफल गर्नु, र आगामी दिनमा समाजसेवामूलक गतिविधिमा जुट्नुपर्ने बताउनुभएको छ।

कृष्णबहादुर भोलनको अध्यक्षता कृष्णबहादुर भएको कार्यक्रममा पूर्व माननीय अक्कल बहादुर थिङ, बागमती प्रदेश सचिव तथा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’, नेकपा माओवादी केन्द्र काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ ‘अनुशील’, गाउँपालिका इन्चार्ज मिना पाख्रिन, वडा नं. ५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङतान, युवा नेता निमा लामा लगायतको विशिष्ट उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन विपिन दाहालले गर्नुभएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय