काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी झापा ५ का उम्मेदवार रञ्जित तामाङले कसैसँग चुनावी तालमेलको सम्भावना नरहेको बताएका छन्। सामाजिक सञ्जालमा अफवाह फैलाइएको भन्दै आफूले पार्टी नेतृत्वसँग कुरा गरेको बताए।

उनले भने, ‘कहिले टिकट प्राप्त गर्दैन, कहिले अलायन्स हुन्छ, कहिले कसलाई छोड्छ, कहिले कसलाई छोड्छ भन्ने अनेकौँ आरोहरअवरोह र अनुमानहरूलाई गलत साबित गर्दै म तपाईँहरूसँग सार्वजनिक बहस हुँदै मतदाताहरूको घरदैलोसम्म आइपुगेको छु। कुनै पनि हिसाबमा हाम्रो पार्टीको नेतृत्वले र कुनै पनि मूल्यमा अहिले कोहीसँग हाम्रो अलायन्स हुने स्थिति छैन। र घोषित-अघोषित त्यस्तो कुनै छलफल चलेको छैन।’

उनले फागुन २१ गते पछाडि बन्ने संसदमा कसैको बहुमत नआए त्यसबखत को सँग मिल्ने भन्ने कुरा छुट्टै रहेको बताए।

उनले थपे, ‘आजको दिनमा हाम्रो कोहीसँग अलायन्स हुँदैन। कोही भ्रमित नहुनु। सबै भ्रमका पर्दाहरू च्याते मलाई मत दिनुहोस्।’

उनले गत सार्वजनिक बहसमा आफूले उठाएको किसान, भूमिहीन सुकुम्वासी, शिक्षा, स्वास्थ्य, रोजगार, युवालगायतको मुद्दामा अगाडि बढेको बताए।

तामाङको यहाँ एमाले अध्यक्ष केपी ओली र रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग चुनावी प्रतिस्पर्धा हुँदै छ। दुवै दलको प्रस्तावित प्रधानमन्त्री एउटै क्षेत्रबाट उठेपछि झापा ५ चर्चामा छ। पछिल्लो समय बालेनको पक्षमा लहर आएको भन्दै एमाले अध्यक्ष ओलीलाई जिताउन नेकपासँग तालमेलको चर्चा चलेपछि तामाङले आज प्रष्टीकरण दिएका हुन्।

यद्यपि, हिजो नेकपाका संयोजक प्रचण्डले रास्वपालाई लक्षित गर्दै देश जलाउने विरुद्ध कांग्रेस र एमालेसँग मिल्नुपर्ने सङ्केत गरेको थिए।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय