काठमाडौं । पुर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनयुद्धका घाइतेलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रचण्डले मंगलबार विहानै जनयुद्धका घाइते काभ्रे जिल्ला डाँडापारी महाभारत गाउँपालिका – ६ बनखुका भक्त बहादुर राना मगरलाई वीर अस्पतालमा पुगेर स्वास्थ्य लाभको कामना गरेका गर्नुभएको हो । मगर बागमती गाउँपालिका–४ (साविकको फापरबारी–१) झुरझुरेमा २०६२ माघ ८ गतेका दिन शाही नेपाली सेना र विद्रोही माओवादीबीच भएको भिडन्तको क्रममा टाउकोमा गोलीको छर्रा लागेर घाइेत भएका हुन् । टाउकोमा भएको छर्राको कारणले असर हुदै गए पछि दुबै खुट्टा अप्रेसन गरेर फाल्नु परेको थियो ।

प्रचण्डले मगरको उपचार खर्चकाे जिम्मा नेकपा माओवादी केन्द्रले लिने प्रतिवद्धता व्यक्त गरे । साथै उपचारको पहल तथा व्यवस्थामा कुनै कमि हुन नदिने, ७ बर्षको बच्चाको पढाई र मगरको श्रीमतीको रोजगारीको लागि पहल गर्ने समेत बताउनु भयो ।

काभ्रे महाभारतको जनयुद्धका घाइते भक्त बहादुरको पीडा: न उपचार खर्च, न राहत भन्ने समाचार ग्लोबल खबरबाट सम्प्रेषण भएपछि सबैमा चासो विषय बनेको थियो ।

यो पनि पढ्नुहोस्

काभ्रे महाभारतको जनयुद्धका घाइते भक्त बहादुरको पीडा: न उपचार खर्च, न राहत

प्रवास पार्टी कमिटिकाे पहलमा अध्यक्ष प्रचण्ड, पुर्व उर्जा राज्यमन्त्री सुर्यमान दोङ ( लालध्वज), महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार) लगायत अन्य प्रवास कमिटीका सदस्यहरु र पार्टीका नेताहरु अस्पतालमा पुगेको थियो ।

प्रचण्डले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत माओवादी जनयुद्धका घाइते भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

उनी र अस्पतालमा भर्ना भएका अन्य बिरामीको अवस्था बुझेपछि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निःशुल्क र सहज उपचार प्रबन्धको लागि ध्यानाकर्षण गराएको प्रचण्डको सचिवालयले जनाएको छ ।

लगतै बालुवाटार पुगेर प्रचण्डले भक्त रानाको उपचार र अन्य विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री देउवासँगको छलफलमा ध्यानाकर्षण गराइएका विषय भनेर मल्लले पाँचवटा बुँदाहरु सामाजिक सन्जालमा राखेका छन् । ती बुँदाहरु यस्ता छन्–

♦ सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन,
♦ सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने,
♦ सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिहरुलाई सुबिधा सहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण,
♦ जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका प्रगतिशील आन्दोलनमा शहीद हुनुभएकाहरुको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने,
♦ सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिहरुलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउने ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय