काठमाडौं । सरकारले नेपाली नोटमा नेवाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ ।

बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन् ।

सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले सम्बोधनको क्रममा गरेकी हुन् ।

‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर सा:ख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए ।

शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो ।

सा:ख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताइन् ।

‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनेकी छिन् ।

सरकारी कार्यालयमा पनि नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन प्रधानमन्त्री कार्कीले दिएकी छिन् । साथै, उनले अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको पनि बताइन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय