काभ्रेः नेपाल सरकारका खेलकुद मन्त्री महेश्वर गहतराजले खेलाडीलाई राष्ट्रको गौरवको रुपमा विकास गरी खेललाई नै व्यवसायिक बनाएर अघि बढ्ने सक्ने आधार तयार गरेर लैजान खोजिएको बताए ।
शनिबार काभ्रेको धुलिखेलस्थित् बागमती प्रदेश खेलकूद विकास परिषद्को आयोजनामा बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको समापन कार्यक्रमा यस्तो बताएका हुन् ।
मन्त्री महतराजले अहिले अन्तराष्ट्रियस्तरमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई पनि थप हौसल प्रदान स्वरुप सम्मान गर्दै आएको बताए । उनले प्रदेशको खेलकुद प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदमा सहभागि हुनेहरुको लागि तयारी मिलेको समेत बताए ।
‘प्रदेश स्तरीय खेलमा विजय हुनु भनेको सफलताको एउटा खुट्किला चढ्नु हो’ उनले भने । एक विद्यालय एक खेल अनिवार्य गर्ने गरी तयारी भइरहेको मन्त्री महतराजले जानकारी दिए ।
त्यस्तै बागमती प्रदेशको खेलकुद मन्त्री रत्न ढकालले खेलकुद प्रतियोगिताले युवा तथा खेलाडीहरुमा खेलक्षेत्रप्रति नयाँ आशासहितको हौसला मिलेको बताए । उनले प्रदेशलाई खेलकुद हबको रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरेको प्रतियोगिता देशकै पहिलो प्रदेश स्तरीय प्रतियोगिता रुपमा इतिहास रच्न सफल भएको बताए ।
मन्त्री ढकालले आवश्यक पुर्वाधार लगायतका सामाग्री उपलब्ध तथा व्यवसायिक रुपमा खेलाडीलाई संरक्षण गर्न सकेमा उनीहरुले अझ राष्ट्रलाई चिनाउन सक्ने बताए । उनले भने, ‘खेलाडीमा क्षमता भएपनि आवश्यक सहयोग हुन नसक्दा सोचे अनुरुप अघि बढ्न सकेको छैन । यद्यपी, खेलाडीले देशमा नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा चिनाइरहेको छ, झण्डा फहराइरहेको छ ।’
मन्त्री ढकालले संघीयतको र्ममलाई बुझेर प्रदेश खेलकुदको विकासको लागि अघि बढ्न समेत अनुरोध गरे । उनले छिट्टै खेल संघहरु दर्ता समेत गर्ने जनाकारी दिए ।