काठमाडौँ । नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले विशेष महाधिवेशनले नीति र नेतृत्व परिवर्तन गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रमा धारणा राख्दै लामाले पार्टी विधान पनि परिमार्जन गर्नुपर्नेमा जोड दिए ।


‘विशेष महाधिवेशनले पार्टी विधान परिमार्जन गरेर समय सापेक्ष बनाउनेछ,’ लामाले भने, ‘नीति र नेतृत्व परिवर्तन गर्ने निर्णय पनि गर्नेछ ।’
लामाले पार्टी टुक्राउने र फुटाउन आयोजना गरिएको भन्ने भ्रम विधि र विधानबाट चिर्नुपर्ने बताए ।










