काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आईसीसी ओडीआई बलिङ वरियतामा १५ स्थान सुधार गरेका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार सन्दीप ५८औं स्थानबाट ४३औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक बढेर ४८८ भएको छ ।

घरेलु मैदानमा भएको लिग २ शृंखलामा सन्दीपले शानदार प्रदर्शन गरेका थिए । शृंखलाका ४ खेलमा उनले ८ विकेट लिए । उनी निकै किफायती समेत रहे ।

यूएईसँगको पहिलो खेलमा सन्दीपले १० ओभरमा २५ रन मात्र दिएर २ विकेट लिएका थिए । ओमानसँगको खेलमा १० ओभरमा २४ रन मात्र दिएर २ विकेट लिए ।

यूएईसँगको दोस्रो खेलमा ८ ओभरमा ३६ रन दिएर ३ विकेट लिए । ओमानसँगको दोस्रो खेलमा ८.५ ओभरमा ३० रन दिएर १ विकेट लिए ।

बलिङ वरियतामा अन्य नेपाली खेलाडी भने खस्किएका छन् । ललित ४ स्थान तल झरेर ६५औं स्थानमा छन् भने करण केसी ५ स्थान खस्किएर ९०औं स्थानमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय