♦ विकास वाईबा तामाङ
काभ्रेको डाँडापारिस्थित् खानीखोला गाउँपालिका संघीय राजधानी काठमाडौँबाट करिब ७० किलोमिटर र जिल्ला सदरमुकाम धुलिखेलबाट ५४ किलोमिटरको दुरीमा पर्छ । त्यसो त संघीय राजधानी काठमाडौँबाट नजिकको जिल्लाहरु मध्ये काभ्रे एक हो । राजनितिक घटनाक्रमले बेलाबखत चर्चामा आइरहने काभ्रे जिल्ला धार्मिक, साँस्कृतिक तथा पर्यटनको हिसाबले पनि त्यत्तिकै परिचित छन् ।

काभ्रे भन्ने वित्तिकै धेरै मानिसको मानसपटलमा व्यापारिक क्षेत्र बनेपा, पर्यटकीय क्षेत्र धुलिखेल, धार्मिक क्षेत्र नमोबुद्ध, पनौती आदि झट्टा याद आउँछन् । काभ्रे काठमाडौँ उपत्यकासँग सिमाना जोडिएको जिल्ला समेत हो । जुन काठमाडौँको रत्नपार्कदेखि काभ्रेको सदरमुकाम २९ किलोमिटरको दुरीमा पर्छ ।

चीनको सिमाना तातोपानी र पुर्वका जिल्लाहरु जोड्ने अरनिको, विपी राजमार्गसँगै व्यापारी, पर्यटकीय विविधताका कारण काभ्रेलाई सुगम जिल्लाको रुपमा लिइन्छ । तर त्यही सुगम जिल्लाको रुपमा चिनिने काभ्रेमा अर्को ‘कर्णाली’ पनि छ भन्ने धेरैलाई थाहा नहुन सक्छ र छैनन् ।

डाँडापारिस्थित् खानीखोला गाउँपालिका राज्यको नजरमा सुगम जिल्ला काभ्रेको दक्षिणी भेगमा अवस्थित एक दुर्गम अर्थात् विकट गाउँपालिका हो । जसलाई काभ्रेको कर्णाली भनेर पनि चिनिन्छ ।

जहाँ शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका कुनै कुराले छुन सकेको छैन । अहिलेसम्म खानीखोलामा एउटा सुविधा सम्पन्न शैक्षिक संस्था (क्याम्पस÷विद्यालय) छ, न त अस्पताल र सडक ।

देश संघीय संरचनामा गएसँगै खानीखोला गाउँपालिकाले पनि नेतृत्व पाए । विडम्बना, ती जनप्रतिनितिबाट ५ वर्षको कार्यकाल सकिन लाग्दा समेत खानीखोलाबासीको जीवनस्तरमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने कुनै आशालाग्दो काम हुन सकेन । कृषि, जडीबुढीको प्रचुर सम्भावना बोकेको सो गाउँपालिकामा यसले निराशबाहेक अरु केही पाएन ।

यहाँको मानिसको अवस्था केहीको बाहेक धेरैको काहलि लाग्दो छ । जसले गर्दा खानीखोलाबाट रोजगारीको लागि मलेसिया, कतार, दुवाई, साउदी अरब लगायत खाडी मुलक नपुगेको घरका मान्छे सायदै मात्रामा भेटिन्छ ।

सोच्नु होस्, अहिले त यस्तो छ भने झन् २०/२५ वर्ष आगाडिको अवस्था कस्तो होला ? त्यो समयमा विद्यालय जानु वा जना पाउनु प्रायः असम्भव जस्तै भएको त्यहाँका बुढापाकाहरु सुनाउँछन् । त्यहाँको वस्तुस्थिति हेर्दा उहाँहरुले बोलेका कुरा वास्तवमै सत्यसावित छ भन्ने अहिले पनि सहजै अनुमान लगाउन सकिन्छ ।

यस्तो राज्यको आँखाले नेदिएको दुर्गम खानीखोलामा जन्मिएर अनेकौं दुख भोग्दै, अभाव र संघर्षको बावजुद आफै दुख गरेर अध्ययन गरी उच्च शिक्षा हासिल गर्दै नेपाल सरकारको तथा विभिन्न संघ/संस्थाको उच्च पदमा पुग्न सफल १२ जनालाई सम्मानित गरेका छन् ।

(नेकपा माओवादी केन्द्र) खानीखोला गाउँपालिका समितिले एक कार्यक्रमबिच आफ्नो व्यक्तिगत सफलता मात्रै नभई सिंगो खानीखोलालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सफल तथा त्यसको लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै सो योगदानको कदर गर्दै उनीहरुलाई सम्मानित गरेका हुन् ।

सम्मानित हुनेमा खानीखोला–२ फलामेटारमा जन्मिई नेपाल सरकारको उप–सचिव बन्न सफल डा. लोकबहादुर लोप्चन रहेको छ । डा. लोप्चन खानीखोला र तामाङ समुदायको मात्रै नभई ‘तामाङ भाषा र शिक्षा’ मा विद्यावरिधी (पिएचडी) गर्ने देशकै पहिलो व्यक्ति समेत हुन् ।

माओवादी केन्द्र खानीखोलाका सचिव राजन अधिकारीका अनुसार नेपाल सरकारको आठौँ तहको अधिकृत लोकबहादुर वाईबा, प्रशासन अधिकृत जयबहादुर वाईबा, नेपाल बैंक लि. केन्द्रिय कार्यालयका अधिकृत विदुर तिमल्सिना, राष्ट्रिय बिमा संस्थानका सहायक व्यवस्थापक विशाल तिमल्सिना र आडिया इन्र्टरनेशनलको अध्यक्ष तथा नेशनल प्याब्सनको केन्द्रिय सदस्य अमर तिमल्सिना सम्मानित भएका छन् ।

त्यस्तै प्रहरी निरिक्षक फुलमाया घिसिङ, छाउनीस्थित् सैनिक प्रशिक्षक एवं प्राविधिक सहायक पाल्साङ लोप्चन, जिओलोजिष्ट (M.Sc. in Geology) सुरेश आचार्य, इन्जिनियर सिभिल निर्मल स्याङ्तान, बाणिज्य बैंक लि.को लेखा अधिकृत संगिता राउत र पुर्व कानुनमन्त्री अजयशंकर नायकको प्रेस सल्लाहकार समेत हुनु भईसकेका सञ्चारकर्मी बुद्ध लोप्चनलाई सम्मानित गरेका थिए । ।

उनीहरु सबैजना विभिन्न क्षेत्रमा खानीखोलाबाट उच्च तहमा पुगेका पहिलो व्यक्तिहरु हुन् । माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले सम्मानित व्यक्तिहरु खानीखोलाका नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत समेत बनेको बताए ।

सम्मान लिँदै गर्दा डा. लोप्चनले आफुले विद्यालय पढ्दाका दिनहरु सम्झिँदा अहिले पनि आँशु आउने गरेको बताए । ‘विद्यालय पढ्दाका ती दिन र क्षणहरु साँच्चै पीडादय थियो’ उनले भने, ‘अहिले सम्झँदा पनि आँखा रसाउँछ, यदिसम्मकी एउटा नयाँ कपि र कलम किन्न सक्ने अवस्था समेत थिएन ।’

यस्तो कुरा सन्दा दुःख लागेपनि संघर्षपछि सफल प्राप्तको कथाले भने हामीले पनि केही जरुर गर्न सक्छौँ भन्ने आँट र जोस चाहिँ दिनेरहेछ । जुन म महसुस गरिएको छु । हुन त म जस्तो भर्खर उठ्न खोजिरहेको भूईमान्छेबाट सम्मानित आग्रज व्यत्तित्वहरुको लागि लेखेको वा बोलेको शब्द अपुरा नै हुन्छ ।

यद्यपी, उहाँप्रति क्षमा माग्दै यो भुइमान्छेको तर्फबाट सम्मानि सबै आग्रज व्यत्तित्वहरुमा हार्दिक बधाई तथा शुभकामना दिँदै यो इतिहासमा सदैव सम्झिरहने उदारणीय कार्यको लागि माओवादी केन्द्र खानीखोलालाई अन्तर हृदयदेखि धन्यावाद दिन चहान्छु ।

वास्तवमै यो आवश्यक थियो । जुन माओवादी केन्द्र खानीखोलाले सुरु गरे । यसले हामी जस्तो अध्ययनरत विद्यार्थी तथा युवा पुस्ताको लागि एउटा आत्मा विश्वास सहितको उर्जा थपिएको छ । मैलै सम्मान कार्यक्रमबाट खानीखोलामा जन्मिएर को कहाँ पुग्न सफल भए भन्ने कुरा थाहा पाउने अवसर पाएँ । जो मेरो र हाम्रो पुस्ताको लागि एउटा प्रेरणाको स्रोत समेत हुन् ।

यस अर्थमा त्यसदिनको कार्यक्रममा सहभागी भएर राम्रै गरे भन्ने महसुस गरेको छु । यति मात्रै नभई, मैले व्यक्तिगत रुपमा पनि जीवनमा नयाँ रक्त सञ्चार भएको आभास गरेछु । अन्तः हाम्रो प्रेरणाको स्रोत, विकट खानीखोलाको गहना सम्मानित सम्पुर्णमा नमन र स्यलुट । (लेखकः अनेरास्ववियू (क्रातिन्कारी) काभ्रेका कोषाध्यक्ष हुन् ।)

डाँडापारि सन्देशबाट

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय