काठमाडौं । रोजगारीको सिलसिलामा मलेसियामा रहेको नेपाली युवाहरु मिलेर संकलन गरेको आर्थिक रकम काभ्रे डाँडापारी महाभारत गाउँपालिका-१ गोकुले छोटेसाहनका दुबै मृगौला फेल रमित थिङलाई सहयोग गरेका छन् ।

शिखर योन्जन,जनलाल योन्जन, दिनेश भोल्न र काजिमान थिङ गरि चार जना समाजसेवी युवाहरूको सक्रियतामा मलेसियाका विभिन्न कम्पनीमा कार्यरत मनकारी नेपाली श्रमिकहरुको सहयोगमा संकलन गरिएको मलेसियन रिंगेट आरएम ३ हजार ६ सय १० , नेपाली रु. १ लाख २ हजार ६२ रुपैयाँ मृगौला पीडित थिङको थप उपचारको लागी सहयोग गरेको शिखर योन्जनले बताए ।

उक्त रकम थिङकाे हाल बसेका कोठामै पुगेर ग्लोबल खबरको संचालन मोतीलाल मोक्तानको रोहबरमा युवा नेता तथा समाजसेवी एवम् रमित थिङ बचाउ अभियानमा सक्रिय रुप मा लागिपरेका द्वय अमृत योन्जन र गोविन्द स्याङतानले सहयोग रकम हस्तान्तरण गरेका हुन ।

आर्थिक अवस्था एकदमै दयनीय रहेको पीडित रमित थिङ दुबै मृगौला फेल भएर ( काम नगरेर ) काठमाडौस्थित टिचिङ अस्पताल महाराजगंजमा उपचार तथा डायलासिस गराइरहेको छ । तर आर्थिक स्थिती असाध्यै कमजोर भएकोले उपचार गर्न कठिनाई भैइरहेकोले आफ्नो उपचार गराउनको लागी विभिन्न सहयोगि दाताहरू समक्ष सहयोगको लागी याचना गरेका थियो ।

‘रमित थिङ बचाउ अभियान’ अन्तर्गत थिङलाई विभिन्न सहयोगी संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरिसकेका छन् भने हाल सहयोग आउने क्रम जारी रहेको छ ।उनको उपचारको लागि सहयोग गर्न चाहनेले सनराइज् बैंकमा आमा लक्ष्मीमाया थिङको नाममा रहेको खाता ०१४१०२१४५६३०१००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ। त्यस्तै पीडितको दाइ भीमबहादुर थिङको मोबाइल नम्बर ९७४०७११६७३, दिदी प्रगति थिङ ९८४०४११०९९, सयहोग रकम जुटाइरहेका आफन्त अमृत लामा ९८४१५०२८९७ र गोविन्द स्याङतान ९८४१८४०३४५ लाई सम्पर्क गर्न सक्नुहुन्छ।                                           

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय