महाभारत, काभ्रे । महाभारत गाउँपालिका काभ्रे जिल्लाको भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको ठाउँ हो । डाँडापारी साविकका पाँच वटा गाविस गोकुले, फोक्सिङटार, बूढाखानी, बनखु र घर्तीछाप मिलेर बनेको छ । जातीय हिसावले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदिको बसोबास भएको मानिन्छ । यस गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बाहुल्यता भएको मानिन्छ । २०४६ सालको परिवर्तन पछाडी केही परिवर्तन आएपनि मुलत २०५२ सालपछि विद्रोह परिवर्तनले चेतनाको विकास भएको देखिन्छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रपछि विभिन्न निर्वाचनमा महाभारतले गरेको भुमिका पनि उल्लेखनीय छ । २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष सहित ८ वटा वडा मध्ये ४ वटा वडामा विजय भएको थियो भने बाँकी वडामा हार व्यहोर्नु परेको थियो । गाउँपालिका अध्यक्षमा कान्छालाल जिम्बा (संसार) र उपाध्यक्षमा चेत कुमारी माझी माओवादी केन्द्रबाट नै विजय भएको थियो । अध्यक्षमा जिम्बाले २ हजार ३ सय ४२ मत, काँग्रेसले २ हजार २३६ मत र एमालेले १ हजार २५० मत ल्याएको थियो ।
२०७४ मा निर्वाचित जनप्रतिनिधीहरुको कार्यकाल सकिदै छ । २०७९ वैशाख ३० मा दोस्रो पटकको निर्वाचन हुदै छ। जसमा कुन पार्टीले बाजी मार्ला ? अनेक आंकलन, अड्कल बाजी हुदै गर्दा नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिका भित्रको सकरातत्क र नकरात्कम कुराको विश्लेषण हुन आवश्यक छ ।
नेकपा माओवादी केन्द्र महाभारत गाउँपालिकामा अन्य पार्टी भन्दा राम्रो संगठन भएको पार्टी हो । गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडामा विजय हुनु समान्य र मामुली कुरा होइन् यसको मतलव महाभारत गाउँपालिकामा माओवादी केन्द्र बलियो छ भन्ने प्रमाण हो । संगठन राजनैतिक, वैचारिक, जनधारण, विकासका हिसावले निकै अगाडि छ यो अर्काे प्रमाण हो ।
यसका केही आन्तरिक र बाह्य कारणहरु छन् । जसमा मुल आन्तिरिक कारण प्रधान हुने गर्दछ । यसको कारण आफै भित्र खोज्नुपर्ने हुन्छ । जसका कारण र पात्रहरु उजागर भएका छन् र हुदै जाने छन् । पार्टीको अनुशासन नमान्नु, अनुशासनहिन हुनु, संगठानिक अराजकता, आर्थिक प्रलोभन, पार्टी संगठनलाई केन्द्रविन्दुमा राख्नुको सट्टा व्यक्ति केन्द्रित हुनु, आत्मकेन्द्रित, व्यक्तिवाद हावी हुदै जानु सबै पद आफुृले नै पाउनुपर्छ भन्ने धारणको विकास हुनु एक समस्या हो ।
सहिद परिवार पुराना कार्यकर्ता दुःख पाएका, जनयुद्ध लेडेका, जेलनेल खाएका, होल्टाइमर भएका कार्यकर्ताको संरक्षण गर्न नसक्नु अर्काे समस्या हो । जसमा केही अराजकता र निराशा हुन गयो ।
माओवादी केन्द्र कसरी बलियो हुन्छ ?
विकास निर्माणमा महाभारत गाउँपालिका अन्य पार्टी भन्दा माओवादी केन्द्रले विकास गरेको घमण्ड र गर्भका साथ भन्न सक्छ । शिक्षा, स्वास्थ्य, खानेपानी, रोड, पुल भवनमा ठुला बजेत, विद्युत, कृषि लगायत अन्य धेरै क्षेत्रमा परिवर्तन भएको छ । महाभारत गाउँपालिको नेतृत्व माओवादी केन्द्रले गरेको कारणले नै बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका भएको भन्ने कुरा लुकाएर लुक्दैन् । यो कुरा जनतालाई बुझाउन सक्नु जीतको अर्काे आधार बन्न सक्छ ।
संगठनामत्कम हिसाव : पार्टीको अनुसासन मान्नु जित्न सक्ने व्यक्तिलाई टिकट उपलब्ध गराउनु पर्ने हुन्छ । जुनसुकै व्यक्ति भए पनि पार्टीको प्रतिनीधी हो भन्ने कुरा सबै कार्यकर्ता नेताले बुझ्नुपर्ने पार्टी भित्र हुने जुनसुकै अन्तरघातलाई रोक्ने, अन्तरघात हुन नदिनु, सबै कार्यकर्ता, शुभचिन्तक, पार्टीका उम्मेदवार हुन भन्ने कुरा बुझाउनु स्थानीय नातावाद, कृपावादको अन्त्य गर्नु आज महाभारत गाउँपालिका नेकपा माओवादी केन्द्र भित्रको मुल चुनौती हुन् । आन्तिरिक कारण बाहेक बाह्य शक्ति बाट हराउन सक्ने तागत कसैको पनि छैन् ।