काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतको बृहत् खानेपानी आयोजना अघि बढ्ने भएको छ।

नगरप्रमुख दीपक कुमार रिसालको सचिवालयका अनुसार गोकर्ण ड्यामबाट साविक जोरपाटी क्षेत्रअन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं। ४, ५, ६, ७, ८ र ९ मा खानेपानी वितरण गर्ने गरी पाइपलाइन विस्तार तथा पानी ट्यांकी निर्माणको ठेक्का प्रक्रिया सम्पन्न भएको छ।

आयोजना अबको केही दिनभित्रै सुरु गर्ने तयारी भइरहेको जनाइएको छ। आयोजना कार्यान्वयनमा आएपछि उक्त क्षेत्रका हजारौँ स्थानीयवासी लाभान्वित हुने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण आयोजना अघि बढाउन भूमिका निर्वाह गर्ने आयोजना कार्यान्वयन निर्देशनालय ९एक्ष्म्० तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९प्ग्प्ी० लाई नगरप्रमुखको सचिवालयले धन्यवाद व्यक्त गरेको छ।

लामो समयदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयवासीले अब आयोजना निर्धारित समयमै सम्पन्न भई प्रत्येक घरको धारामा नियमित र स्वच्छ खानेपानी पुग्ने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय