काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीले मैत्रीपूर्ण खेलमा शानदार जीत निकालेको छ । मंगलबार दिउँसो भएको खेलमा नेपालले अफ्रिकन क्लब एनेभिर एफसीलाई ४-१ गोलले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जीत दिलाउन जर्ज प्रिन्स कार्कीले दुई गोल गर्दा दर्शन गुरुङ र मनिष डाँगीले एक/एक गोल गरे । त्यसअघि भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो ।

एएफसी कप छनोटको तयारीमा नेपाल हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपाली टोली केही दिनमा बन्द प्रशिक्षणको लागि कतार जाने कार्यक्रम रहेको छ । नेपालले कतारमा अफ्गानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल मार्च २५ र २९ मा कतारमा हुनेछ ।

त्यसपछि नेपाल एएफसी कप छनोट खेल्न कुवेततर्फ लाग्नेछ । छनोट अन्तर्गत नेपालको समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया रहेका छन् । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको शुरुवात गर्नेछ । यस्तै दोस्रो खेल जुन ११ कुवेत र अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय