काठमाडौं । गायक सुमन केसी र गायिका दिपा लामाको आवाजमा ‘मायालु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

अमेरिकामा रहेर पनि नेपाली सिनेमालाई मन,मुटुले माया गर्ने जेके जगतको डेब्यु निर्देशनमा तयार भएको उक्त गीतमा दिपेन्द्र थिङको संगीत रहेको छ ।चितवनका रमणिय स्थानहरुमा छाँयाकन गरिएको भिडियोमा दिपेन्द्र खड्काको शब्द रहेको छ भने निराजन प्रधान र रुविना थापाको अभिनय रहेको छ ।

बुद्ध थापाले छायाँकन गरेका गीतमा कोरीयोग्राफी भने राजिव समरको रहेको छ । भिडियो आसमान मोसन पिक्चर युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय