काठमाडौं । गायिका रिचा ब्लोनको नयाँ म्हेन्दोमाया गीत ‘गोन्बो गाङ‘’को भिडियो सार्वजानिक भएको छ ।

कलाकार रोशन फ्युबाको शब्द र वरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको गीतलाई वाङ्च्यु फ्युबाले मिक्सिङ गरेका छन् । सरिस्मा तामाङको नृत्य निर्देशनमा गायिका आफैले मोडलिङ गरेकी छिन् । रोशन फ्युबाले निर्देशन गरेको भिडियोलाई प्रकाश तामाङले छायाँकन गरेका छन् । गायिका ब्लोनको पहिलो म्युजिक भिडियो हो ।

लामो समयदेखि दक्षिण कोरियामा रोजगारीको शिलशिलामा बस्दै अएकी रिचा ब्लोनले केही महिनाको छुट्टिको समयलाई सदुपयोग गर्दै म्हेन्दोमाया गीत दर्शकमाझ ल्याएकी हुन् । उनको गीतमा सुरिलो स्वर सुन्न र हेरौं हेरौं लाग्ने अभिनय र नृत्य देख्न सकिन्छ ।

 

गायिका रिचाको स्वरमा रहेको ‘गोन्बो गाङ‘’ बोलको गीतको भिडियो एलएमसी डिजिटल युट्युबमार्फत सार्वजानिक भएको हो ।

रसुवाको आमाछोदिङ्मो ( पार्वती कुण्ड) र धादिङ जिल्लाको पर्यटकिय स्थल रुबी भ्यालीको पाङ्साङ वरिपरि छायाँकन गरिएको गीतलाई सबैले रुचाएको छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय