महाभारत, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको विकट महाभारत गाउँपालिका वडा नम्बर ५ बाट एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
२० वर्षीय गर्भवती सुमिका घलानलाई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । घलानलाई आजै मात्र बुढाखानी बर्थिङ सेन्टरमा भर्ना गरिएको थियो ।


निरन्तर रगत बगिरहेका कारण बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत सुमिकाको उद्धार गरिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हेलिकप्टर मार्फत उद्धार गरिएको हो । यो कार्यक्रम अन्तर्गत उद्धार गरिएका महिलाको उपचार थापाथली स्थित परोपकार प्रसुती गृह तथा स्त्री रोग अस्पतालमा उपचार गर्ने ब्यवस्था मिलाइएको छ ।
महाभारत गाउँपालिकाबाट यसअघि सुत्केरी र गर्भवती गरी ८ जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।










