काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, धाप जौबारीस्थित हेमलाल योन्जनको घरमा आज बिहान आगलागी हुँदा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

स्थानीय जनप्रतिनिधिका अनुसार आज बिहान करिब १०:३० बजे घरमा मकै सुकाउनका लागि बालिएको आगो अचानक सल्किएर घरमा फैलिएको थियो। आगलागीका कारण घर पूर्ण रूपमा नष्ट भएको छ।

आगलागीबाट नगद, मकै तथा घरभित्र रहेका अन्य सामग्री जलेर नष्ट भएको बताइएको छ। घटनापछि स्थानीयवासी र नेपाल प्रहरीले संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका थिए।

 

घटनामा कुनै मानवीय वा चौपायामा क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय