काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–१, धापमा हिजो भएको विनाशकारी आगलागीबाट पीडित हेमलाल योन्जनको परिवारलाई महाभारत गाउँपालिका र वडा नं. १ कार्यालयले तत्काल राहत सामग्री उपलब्ध गराएको छ।
गाउँपालिकाले पीडित परिवारको तत्कालीन आवश्यकता मध्यनजर गर्दै ४ बोरा चामल, ५ प्याकेट खानेतेल, ५ केजी नुन, ५ केजी दाल, ५ प्याकेट मसला, ५ प्याकेट मस्यौरा, २ वटा त्रिपाल तथा म्याट वितरण गरेको जनाएको छ।


राहत वितरण कार्यक्रममा महाभारत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद खनाल, वडा नं. १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता कान्छामान जिम्बा, रविन मोक्तान तथा नेपाल प्रहरीका प्रतिनिधिको उपस्थिति रहेको थियो।
गाउँपालिकाले विपद्को यस कठिन घडीमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराएर आवश्यक सहयोगको सुरुवात गरेको जनाएको छ। साथै, पुनःस्थापना र थप सहयोगका लागि आवश्यक समन्वय र पहल जारी रहने पनि जनाएको छ।
स्थानीयवासीले आगलागीबाट पीडित परिवारलाई सहयोग पुर्याउने महाभारत गाउँपालिका, वडा कार्यालय, जनप्रतिनिधि, नेपाल प्रहरी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले मानवीय सहयोग र ऐक्यबद्धताले विपद्को सामना गर्न ठूलो बल मिल्ने विश्वास व्यक्त गरेका छन्।
बर










