खानीखोला, काभ्रे  ।  काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७  खजुली बेशीमा अवस्थित श्री रक्त आधारभूत विद्यालयमा यहि पाैष २४ गते शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ।

नुवाकोट ग्याजेट Bobbi Dinther का संयोजक सम्मानित लामा गुरुको संयोजनमा तथा खेम्बो लामा गुरु, तस्बिर लामा, हिमाल श्रेष्ठ र देव मोक्तानको सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा श्री ज्वालादेवी प्राथमिक विद्यालय, श्री गणेश प्राथमिक विद्यालय र श्री सीता प्राथमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्रीसँगै खेलकुद सामग्री वितरण गरिएको थियो।

विद्यालयका विद्यार्थीलाई झोला  ७५  थानफुटबल  ६ वटा, भलिबल  ५ वटा, चेस ४ सेट, कापी ३७५ थान, पेन्सिल  ६० र  बट्टा पेन ६ दर्जन वितरण गरेकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि लामा गुरु तस्बिर लामा रहनुभएको थियो भने विशिष्ट अतिथि हिमाल श्रेष्ठ र देव मोक्तान रहनुभएको थियो। कार्यक्रममा श्री रक्त आधारभूत विद्यालयका प्रधानाध्यापक रत्न घिसिङ, चारै विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्षको तर्फबाट शैक्षिक सामग्री उपलब्ध गराउने सहयोगी दाता तथा आकर्षक व्यक्तित्वहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा गरिएको बताइएको छ। साथै, आगामी कार्यक्रममा फ्यान, कम्प्युटर तथा फोटो कपी मेसिन प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
कार्यक्रमको सभापतित्व रोहन रुम्बा लामाले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय