धुलिखेल, काभ्रे । नेकपा एमाले काभ्रेको दशौँ अधिवेशनमा सोमवार विभिन्न पदका लागि मतदान शुरु भएको छ । काभ्रेका अध्यक्ष अशोक व्यञ्जु, उपाध्यक्षका उम्मेदवार पुर्व मन्त्री चन्द्र लामा तथा अन्य नेताले मतदान गरेसँगै शुरु भएको हो । मतदान दिनभर चल्ने एमाले काभ्रेले जनाएका छन् ।

उपाध्यक्षका एक वटा पदका लागि बगमाती प्रदेशका पुर्व मन्त्री एवं प्रदेश सभा सदस्य चन्द्र लामा, कञ्चन अधिकारी र हरिशरण दाहाल गरी तीन जनाको उम्मेदवारी परेको छ ।

यसैगरी सचिवका एक वटा पदका लागि इन्द्र तामाङ, राजन भुर्तेल र रुद्रबहादुर तामाङ उम्मेदवार छन् ।

अध्यक्षमा अशोक व्यञ्जु र दुई उपसचिवमध्ये एक उपसचिवमा रिता ढकाल गौतम सहित २६ पदमा निर्विरोध चयन हुँदा उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ पदका लागि २ सय २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।

एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जिल्लामै पहिलो पटक विद्युतीय मेशिन मार्फत मतदान शुरु गरेको बताए । उनका अनुसार यो निर्वाचनमा १४०५ प्रतिनिधि मतदाता छन् ।

मतदानका लागि एकै पटक ३० जनाले मेशिन प्रयोग गर्ने व्यवस्था मिल्ने भएपनि एक जना व्यक्तिलाई सरदर १० देखि १५ मिनेट मतदानका लागि लाग्ने छन् ।

निर्वाचन कमिटीका संयोजक ईश्वर बन्जाराले विद्युतीय उपकरणबाट मतदान भएकाले मतदान सकिएपछि त्यसको केही घण्टामै परिणाम आउने बताए ।

पछिल्लो समय विजुली गतिमा कोरोना भाइरस बढीरहेको र सरकारले स्मार्ट लकडाउन गर्ने तयारी गरिरहेको अवस्थामा मतदान स्थलमा भने कुनै प्रकारको स्वास्थय मापदण्ड पलान गरिएको देखिएन् ।

मतदान स्थलमा अस्वाभिक भीड देखिएका छन् । मतदान गर्न राखिएको लाईन पनि व्यवस्थित् छैन । यसले ओमिक्रोन भाइरस फैलिन सक्ने जोखिम देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय