बेथानचोक, काभ्रे । धेरै जस्तो जनप्रतिनिधि काम कम भाषण बढि गर्छन् । त्यसैले आम जनप्रतिनिधिप्रति आम जनताको हेर्ने दृष्किोण त्यति सकरात्मक छैन । नेताहरु झुट्टा आश्वासन बाँढ्छन् । जनताका काम गर्दैनन्, प्रचारमुखी हुन्छन् भन्ने आरोप पनि छ । तर, केही जनप्रतिनिधि त्यस्ता पनि छन् । जो भाषण कम, काम धेरै गर्छन् । तिनै मध्येका एक जनप्रतिनिधि हुन् राजकुमार वाईबा ।

काभ्रे बेथानचोक गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष वाईबा राजनीतिलाई पेशा होइन समाज सेवाका रुपमा ठान्छन् । वाईबाले प्रचारलाई धेरै रुचाउँदैनन् । कम बोल्छन् । तर, जनताको काममा भने तल्लिन हुन्छन् । वाईबाको प्रयासले बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा विकासले फड्को मारेको छ ।

पछिल्लो महिनाहरुमा विकासका कामहरुले तिब्रता पाएका छन् । सडक निर्माण र ढल निर्माणका कामले त्यतीकै तिब्रता पाएका हुन् । विकासका कामले तिब्रता पाएपछि स्थानीय वासिन्दाहरु निकै खुसी समेत भएका छन् । अहिले सडक र ढल निर्माणका कामहरु भइरहेको र सामाजिक क्षेत्रका कामहरुले पनि तिब्रता पाएको वडा अध्यक्ष  वाईवाले बताए ।

बेथानचोक ५ को च्याल्टी देखि कामीडाँडा सम्म ढल निर्माण, पर्खाल र स्लाब ढलानको काम, सिंचाइकुनामा बाटो स्तरिकरण,निर्माण लगायतका क्षेत्रमा काम भइरहेको अध्यक्ष वाईवाले बताए ।वडा अध्यक्ष वाईबाले आफ्नो कार्यकालमा वडाको विकासका कामले फड्को मार्ने र वडाका हरेक टोलवासीहरुका समस्या समाधान गर्ने र विकासका कामलाई गति दिएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय