काभ्रे । नेकपा एमाले काभ्रेको अन्तिम परिणाम सार्वजनिक भएको छ । अन्तिम परिणाम सार्वजनिक हुँदा उपाध्यक्षमा चन्द्र लामा ६३९ मत ल्याएर विजय भएका छन् ।

लामाले ६३९ मत ल्याउदा कन्चन अधिकारीले ३९३ र हरिशरण दाहालले ३३१ मत ल्याएका हुन् ।

त्यस्तै सचिवमा राजन भुर्तेल विजय भएको छ । भुर्तेल ७३७ मत ल्याएर विजयी भएको हो । उनको प्रतिस्पर्धी इन्द्र तामाङको ६२७ मत आएको छ । जुन भुर्तेलको भन्दा ११० मत कम हो ।

तर सहसचिवमा भने राजकुमार सापकोटा र कुमार तिमल्सिनाको मत बराबर आएका छन् । निर्वाचन समितिका अनुसार दुवैले समान ३७५ मत ल्याएका छन् ।

बराबर मत आएसँगै गोला प्रथा गरेकोमा सापकोटा विजय भएको एमाले काभ्रेले जनाएको छ ।

यसअघि अध्यक्षमा अशोक व्यञ्जु र दुई उपसचिवमध्ये एक उपसचिवमा रिता ढकाल गौतम सहित २६ पदमा निर्विरोध चयन हुँदा उपाध्यक्ष, सचिव, उपसचिव सहित बाँकी ७९ पदका लागि २ सय २३ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय