महाभारत, काभ्रे । जिल्ला विकट क्षेत्र महाभारत गाउँपालिका वडा नम्बर १ मा भिरबाट लडेर एक पुरूषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महाभारत–१ छोटेसाहनस्थित काइचलको अन्दाजी ४८ वर्षीय भिम बहादुर मोक्तान (मीन) रहेको वडा अध्यक्ष कान्छामान जिम्बाले जानकारी दिए ।


उनका अनुसार मोक्तान नातिनीको पस्नीका लागि काम गर्ने मान्छे खोजेर छोटेसाहनबाट घर फर्किने क्रममा राती करिब ७ बजेको समयमा भिरबाट लडेर मृत्यु भएको हो ।
मोक्तान सडकबाट करिब ५० मिटर तल खसेका थिए । स्थानीय उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
उनको शवलाई बौद्ध संस्कार तथा परम्परा अनुसार अन्त्येष्टि गर्ने भएका छन् ।










